एशियन लाइफ इन्स्योरेन्स र सनराइज बैङ्क बिच बिमा सेवा सम्झौता

ज्ञानमाण्डू। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैङ्क लिमिटेड बिच बिमा सेवा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सनराइज बैङ्कले देश भर रहेका सबै शाखाबाट एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा योजना बिक्री गर्न सक्ने छ ।

बैङ्कको प्रधान कार्यालयमा बुधवार बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठबिच बिमा सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x