स्मार्टबोर्डबाट पठन पाठन भएपछि छात्रछात्रा खुशी

ज्ञानमाण्डू।जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमुना माध्यमिक विद्यालयले स्मार्टबोर्डबाट पठनपाठन शुरुआत गरेको छ । शैक्षिक उन्नयन गर्न भन्दै विद्यालयले रु २२ लाख लगानीमा सो बोर्ड जडान गरी पठनपाठन सुरु गरेको हो । 

स्मार्टबोर्डबाट पठनपाठन हुन थालेपछि छात्रछात्रा औधी खुसी भएका छन् । किताब पढ्दा नबुझेका कतिपय कुरा स्मार्टबोर्डबाट अध्ययन गर्दा सहजै बुझिने गरेको कक्षा ९ का छात्र पुष्पराज शर्माले बताए ।

“श्रव्यदृश्यका माध्यमबाट पठनपाठन हुँदा छात्रछात्राले पनि रमाइलो मानेर ध्यान पूर्व सुन्ने गर्दछन् । चक, डस्टर तथा मार्करको प्रयोग कम हुँदा हामीलाई समेत सहजता भएको छ । ” शिक्षक टेकनाथ आचार्यको भनाइ छ । 

हाल विद्यालयको कक्षा ९ का पाँच र कक्षा १० का चार गरी नौ सेक्सनमा स्मार्टबोर्ड जडान गरिएको सहायक प्रधानाध्यापक लेखमणि खड्काले जानकारी दिए । प्रयोगको प्रभावकारिता हेरेर आगामी वर्ष थप कक्षामा विस्तार गर्दै लगिने विद्यालयले जनाएको छ । 

“प्राविधिक ज्ञान तथा अभ्यस्तताको अभावका कारण सबै शिक्षकले स्मार्टबोर्ड प्रयोग गर्न नजान्दा विद्यालयको सबै कक्षामा जडान गर्न सकिएको छैन”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेको भनाइ छ । गणित शिक्षणका लागि स्मार्टबोर्ड निकै सहयोग भएको छ, सो विद्यालयका गणित शिक्षक एलएम आचार्यले भने , “ग्राफ, रेखा र चित्र बनाउन निकै सहज हुन्छ ।”

छात्रछात्राको अत्यधिक चाप रहेको सो विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म दुई हजार ६०० विद्यार्थीले अध्ययन गर्दछन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x