चक्लाबन्दी खेती प्रवद्र्धन कार्यक्रममा जोड

ज्ञानमाण्डू।कृषि व्यवसाय प्रवर्द्धन अनुदान कार्यविधि अन्तर्गत कृषि विकास निर्देशनालय विराटनगरले विविध योजना सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन हुने सो योजनाअन्तर्गत चक्लाबन्दी खेती प्रवर्द्धन कार्यक्रममा रु ३५ लाखका दरले २० वटा समूहलाई बजेट विनियोजन गरेको छ । 

निर्देशनालयका निमित्त प्रमुख प्रकाश डाँगीले दिएको जानकारी अनुसार कृषि बजार तथा सङ्कलन केन्द्र निर्माणमा रु ५० लाख, नमुना कृषि फार्म स्थापना तथा सञ्चालन रु १५ लाख वितरण गरिने छ । ती रकम २५ वटा समूहले प्राप्त गर्नेछन् । 

यसै गरी स्रोत केन्द्र (च्याउ र मौरी) विकास कार्यक्रमअन्तर्गत रु १५ लाखका दरले सात वटा समूह, बीउ उत्पादन, प्रशोधन तथा भण्डारण सहयोग कार्यक्रममा रु २५ लाखका दरले दुई वटा समूह र बीउ उत्पादन प्रोत्साहन कार्यक्रम रु सात लाखका दरले तीन वटा समूहलाई बजेट विनियोजन कार्यालयले गरेको छ । 

माटो परीक्षण मिनिल्याब स्थापना सहयोग कार्यक्रम अन्तर्गत रु सात लाखका दरले तीन जना तथा विश्वविद्यालय अध्ययन संस्थान र कलेलको समन्वय कृषि प्रसार कार्यक्रममा रु पाँच लाखका दरले १० जनालाई बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x