म्यानचेस्टर युनाईटेड लिजेण्डद्वारा वायर्न म्युनिख लिजेण्ड फराकिलो गोल अन्तरले पराजित

ज्ञानमाण्डू।म्यानचेस्टर युनाईटेड लिजेण्ड टिमले जर्मन क्लब वायर्न म्युनिखको लिजेण्ड टिमलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।आइतबार भएको मैत्रीपूर्ण खेलमा युनाईटेड लिजेण्डले वायर्न लिजेण्डलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।म्यानचेस्टर युनाईटेडका लिजेण्ड सोल्सायर, डाइट योर्क, निकी बट, लुइस साहा र डेविड बेकह्यामले एक एक गोल गर्दै घरेलु मैदानमा युनाईटेडका लागि जीत निकालेक हुन् ।
मैनचेस्टर युनाइटेड लिजेण्ड टिमले ओल्ड ट्राफोर्डमा मैनचेस्टर युनाइटेड फाउंडेशनद्वारा आयोजीत एक चैरिटी एवेन्ट्को लागि गरिएको मैत्रीपूर्ण खेलमा वायर्न म्युनिख लिजेण्ड टिम माथि फरकिलो जीत हात पार्न सफल बनेको हो ।
म्यानचेस्टर युनाईटेडले एकै सिजन तीन उपाधि जितेर कीर्तिमान रचेको २० वर्ष पुरा भएको अवसरमा दुई क्लबका लिजेण्ड खेलाडी सम्मेलीत टिमबीच प्रतिस्पर्धा भएको हो । सर एलेक्स फर्गसनको नेतृत्वमा सन् १९९९ मा म्यानचेस्टर युनाईटेडले इंग्लिस प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगमा त्रैकोनत्मक जित हात पारी कीर्तिमान बनाएको थियो । सन् १९९९ को क्लासिक च्याम्पियन्स लीग फाइनललाई पुन सिर्जना र स्मृति गर्दै दुई क्लबका लिजेण्ड खेलाडी टिमबीच प्रतिस्पर्धा भएको हो।
वायर्न लिजेण्डविरुद्धको मैत्रीपूर्ण खेलमा युनाईटेडबाट हालका मुख्य प्रशिक्षक ओले गनर सोल्सायरसहित ग्यारी नेभिल,याप स्टाम, पाउल स्कोल्स, निकी बट, डाइट योर्क, एन्डी कोल, लुइस साहा र डेविड बेकह्याम लगायतका खेलाडी मैदान उत्रिएका थिए ।

टोली प्रबन्धक ओले गनर सोल्सायर पिचमा फर्किए लगत्तै युनाईटेडका लागि पहिलो गोल गर्न सफल भए । डाइट योर्कले युनाईटेडले लिएको नेतृत्वलाई अगि सर्दै पुन एक गोल थपे । निकी बट, लुइस साहा र डेविड बेकह्यामले युनाईटेडले लिएको नेतृत्वलाई पछ्यौउदै एक एक गोलको साहेतामा म्यानचेस्टर युनाईटेडलाई पाँच गोल को अग्रता दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x