
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार, अषाढ ३ गतेका दिन सिर्जना फाईनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहिबार सिर्जना फाईनान्सको कुल ११ लाख ५१ हजार ९५०.१७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सिर्जना फाईनान्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ दशमलव ५९ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । फाईनान्सको सोहि बोनस शेयर नेप्सेमा बिहिबार सूचीकृत भएको हो।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।