विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र पाकिस्तानबिच प्रतिस्पर्धा

ज्ञानमाण्डू।इंग्ल्यान्डमा जारी १२ औँ संस्करणको आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज(बुधवार) न्युजिल्यान्ड र पाकिस्तानबिच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबिचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ । आज मैदान उत्रँदा न्युजिल्यान्ड छैटौँ र पाकिस्तान तेस्रो जितको खोजिमा हुनेछन् । 

प्रतियोगिताको अपराजित टिम न्युजिल्यान्ड ६ खेल मध्य ५ मा जित र १ खेलमा अङ्क बढ्दै दोस्रो स्थानमा छ ।यता पाकिस्तान ६ खेल मध्य २ मा जित र ३ हारका र १ खेलमा अङ्क बढ्दै सातौँ स्थानमा छ ।तुलनात्मक रूपमा बलियो टिम न्युजिल्यान्ड छैटौँ जितको खोजीमा हुनेछ भने यता पाकिस्तान न्युजिल्यान्डलाई स्तब्ध पार्दै अन्तिम ४ को यात्रा तय गर्न चाहन्छ ।

दोस्रो स्थानमा रहेको न्युजिल्यान्डले यदि पाकिस्तानलाई आज पराजित गर्दछ भने विश्वकप क्रिकेटको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने छ । सातौँ स्थानमा रहेको पाकिस्तान पनि न्युजिल्यान्डलाई पराजित गर्दै आफूलाई उपाधि दाबेदारको रूपमा उभ्याउन चाहन्छ । 

न्युजिल्यान्ड ६ खेलबाट ११ अङ्क सहित तालिकाको दोस्रो स्थानमा छ । पाकिस्तान ५ अङ्क सहित सातौँ स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x