देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (९ महिनाको तथ्याङ्कमा आधारित)

balance of payment nepal

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशित गरेको छ । उक्त प्रकाशित तथ्याङ्कका प्रमुख झलकहरू यस प्रकार रहेका छन् ।

  • वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.२८ प्रतिशत छ ।
  • आयात ३२ प्रतिशतले र निर्यात ६९.४ प्रतिशतले बढेको छ ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ०.६ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले घटेको छ ।
  • वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेकाे सङ्ख्या २,५६,०३१ पुगेकाे छ।
  • शोधनान्तर स्थिति रु.२६८ अर्ब २६ करोडले घाटामा छ ।
  • कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ६१ करोड अमेरिकी डलर रहेको छ ।
  • सङ्घीय सरकारको खर्च रु.७९४ अर्ब २६ करोड र राजस्व परिचालन रु.७८९ अर्ब २६ करोड छ ।
  • विस्तृत मुद्रा प्रदाय ३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय १०.४ प्रतिशतले बढेको छ ।
  • बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ५.१ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ ।
  • वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाकाे वृद्धिदर १७.८ प्रतिशत छ ।
  • मर्जर तथा एक्वीजीसनले बैक तथा वित्तीय संस्थाहरूको सङ्ख्या घटेर १२७ पुगेको छ भने शाखा सञ्जाल बढेर ११,३९८ पुगेको छ।
  • कुल ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैङ्कहरूका शाखा विस्तार भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x