डिप्राेक्स लघुवित्तकाे नाफा ४३ करोड ६१ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ४३ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको डिप्राेक्स लघुवित्तले १७ अर्ब ५० करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, डिप्राेक्स लघुवित्तले ७ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ रहेको छ।

डिप्राेक्स लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर १ अर्ब ०२ करोड ११ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात शुन्य दशमलव ५९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ९१ पैसा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x