जनता बैङ्क नेपालको एकै साथ ६ शाखाहरूबाट कारोबार शुभारम्भ

ज्ञानमाण्डू। देशको ग्रामीण तह सम्म बैङ्किङ पहुँच पु¥याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको जनता बैङ्क नेपाल लिमिटेडले काठमाडौँ उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार शुभारम्भ गरेको छ । काठमाडौँ उपत्यकामा काँडाघारी, वनस्थली र थानकोट शाखाबाट कारोबार शुभारम्भ गरेको छ भने काठमाडौँ उपत्यका बाहिरमा बाग्लुङ्ग बजार, कपिलवस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा नयाँ शाखा शुभारम्भ गरेको हो । 
तौलिहवा शाखाको उद्घाटन सङ्घीय सांसदका माननीय सांसद श्री बृजेशकुमार गुप्ताले गरेका छन् । बैङ्कका प्रमुख कार्यकारी अधिकृत  श्री परशुराम कुँवर क्षेत्रीको समेत उपस्थिति रहेको उक्त समुद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले बैङ्कको बारेमा मन्तव्य राखेका थिए । यसै गरी काठमाडौँ उपत्यकामा रहेका काँडाघारी वीरेन्द्र चोक शाखाको सञ्चालक श्री लङ्कबहादुर के.सी., वनस्थली खरिबोट शाखाको सञ्चालक श्री गौतमप्रसाद खनालले उद्घाटन गरे भने थानकोट शाखाको चन्द्रा गरी नगरपालिकाका मेयर श्री घनश्याम गिरी र बैङ्कका सञ्चालक श्री बिनितकुमार अग्रवाल बाट संयुक्त रूपमा उद्घाटन सम्पन्न भएको छ । साथै सेतो पुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर श्री नृपबहादुर वडा र बैकका चिफ बिजनेस अफिसर श्री कल्याण पाँडेले संयुक्त रूपमा र बाग्लुङ्ग शाखाको बाग्लुङ्ग उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री युवराज जङ्ग राजभण्डारीले उद्घाटन गरेका छन् । बाग्लुङ्ग शाखा उद्घाटन कार्यक्रममा बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्यको उपस्थिति रहेको थियो । 
नयाँ खोलिएका शाखाहरूबाट ती क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरूलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा लगायत सम्पूर्ण आधुनिक बैङ्किङ सेवा सहज र सरल रूपमा उपलब्ध गराइने कुरा बैकले जनाएको छ । 
आज उद्घाटन भएका शाखाहरू सहित जनता बैङ्कको शाखा सञ्जाल पूर्वको मेची देखि पश्चिम महाकाली सम्म सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा गरी कुल १४१ पुगेको छ भने काठमाडौँ उपत्यकामा २३ शाखा रहेका छन् । यस सँगै जनता बैङ्क शाखा सञ्जालको हिसाबले निजी क्षेत्रको वाणिज्य बैङ्कहरू मध्ये चौथो ठुलो बैङ्कको रूपमा स्थापित भएको छ भने समग्रमा सातौँ ठुलो वाणिज्य बैङ्क बन्न सफल भएको छ । यी शाखाहरू अतिरिक्त बैङ्कले ५० शाखा रहित बैङ्किङ, १ सीमित बैङ्किङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०५ एटिएमहरु मार्फत उच्च स्तरीय बैङ्किङ सेवा पु¥याउदै आइरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x