मुक्तिनाथ विकास बैङ्कको एकैसाथ ६ वटा नयाँ शाखा

ज्ञानमाण्डू।मुक्तिनाथ विकास बैङ्कले एकै साथ ६ वटा शाखा विस्तार गरेको छ । विूतार भएका उक्त नयाँ शाखाहरू काठमाडौँ जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मीजिल्लाको तम्घास शाखा हुन् ।

टोखा शाखाको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन् । प्रमुख अतिथि अधिकारीले बैङ्कको प्रगतिको कामना गर्दै बैङ्किङ व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।
कृतिपुर नगरपालिकामा रहेको बैङ्कको मेयर रमेश महर्जनले गरे । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि महर्जनले बैङ्कले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठुला ठुला उद्योगपतिहरूलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड गर्नु हुँदै बैकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्ति गरेका थिए ।

त्यसै गरी, बाडेगाउँ शाखाको विस्तारको क्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गरे । शाखा कार्यालय उद्घाटनमा गर्नु हुँदै प्रमुख अतिथि महर्जनले जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ भन्ने मूल नाराका साथ मुक्तिनाथ विकास बैङ्कको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैङ्कले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

इमाडोल शाखाको समुद्घाटन नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक भुवन कँडेलले गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि कँडेलले मुक्तिनाथ विकास बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउने बताए ।

गोरखा शाखाको समुद्घाटन गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गरेमा । कार्यक्रममा प्रमुख अतिथि पन्तलेबैंकको प्रगतिको कामना गर्नुहुँदै बैङ्किङ व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे । साथै, तम्घास शाखाको उद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गरेको । कार्यक्रममा प्रमुख अतिथि भुसाललेलबैंकको प्रगतिको कामना गर्नुहुँदै बैङ्किङ व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।

हालसम्म बैङ्कले १ सय १९ वटा शाखा, २५ वटा एटिएम. र ६ लाख ग्राहकहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशै भरी भिसा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरू उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x