आज सम्म कायम शेयरधनीले लमजुङ्ग विद्युत् विकास कम्पनीकाे विशेष साधारण सभामा भाग लिन पाउने


ज्ञानमाण्डू। लमजुङ्ग विद्युत् विकास कम्पनी लिमिटेडले यही असार २९ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार २१ देखि असार २९ गते नाै दिनका लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा असार २० गतेसम्म (आज सम्म) कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले विशेष साधारण सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११:०० बजे देखि अनलाइन (Zoom Cloud Meetings) को माध्यमबाट भच्र्युल रूपमा आरम्भ हुने जानकारी दिएको छ।

सभाले यस कम्पनीकाे प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशाेधन गर्ने छ। त्यसै गरी हाल सम्मकाे संशाेधन सहितकाे एकीकृत प्रबन्धपत्र तथा नियमावली गर्ने र नियमकाे निकायहरूकाे निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशाेधनहरूमा तथा एकीकृत प्रबन्धपत्र तथा नियमावलीमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा साे गर्न सञ्चालक समितिलाई अख्तियारी पनि साेही सभाले प्रदान गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x