कोरोनाको प्रभाव अन्नपूर्ण पदमार्गमा

ज्ञानमाण्डू।विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ । लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ । विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्नै रहर भएको छ । लमजुङ बेँसीशहर हुदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे, जगत भएर पर्यटक मनाङ आउने क्रम ठप्प भएको छ । 

पर्यटनकै भरमा रहेका पर्यटन व्यवसायी र होटल व्यवसायी पर्यटन नआउँदा निराश भएका छन् । पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार गत वर्ष यो समयमा होटलका कोठाले नपुगेर टेन्टमा पर्यटक राख्नुपरेको थियो, अहिले सबै खाली नै छन् । त्यस्तै गुनासो अधिकांश होटल व्यवसायीको छ । 

कहिले हिमपात त कहिले महामारी रोगले यो पदमार्गमा आउने पर्यटक दिनानुदिन घट्दै गएको होटल व्यवसायी मिङ्मर लामाले बताए । उनका अनुसार दुईचार दिन अगाडि एकदुई पर्यटक देखिए पनि अहिले भने सुनसान नै भएको छ । लामाले भने , “पर्यटक आउनुभन्दा पनि रोग सर्ला कि भन्ने डरले सताएको छ ।”

जिल्ला प्रशासन कार्यालय मनाङले विदेशी पर्यटकसँग सचेत रहन र कोरोना भाइरसका बारेमा सतर्क रहन आग्रह गरेको छ । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले पनि पर्यटकीय क्षेत्रमा आउने विदेशी पर्यटकसँग सचेत रहन आग्रह गरेको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x