एट्लेटिको मड्रिड विरुद्धको खेलमा ईबर पराजित

ज्ञानमाण्डू। स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार भएको खेलमा एट्लेटिको मड्रिडले ईबरलाई पराजित गर्दै जित निकाल्न सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले ईबरलाई ३–२ गोल अन्तरले हराएको हो ।

खेलको सातौँ मिनेटमा चार्लिसले गोल गर्दै ईबरलाई सुरुवाती अग्रता दिलाएका थिए । १९ औ मिनेटमा ईबरले अनाइटीज आर्बिलाको गोल बाट अग्रता दोब्बर पर्न सफल रह्यो । तर खेलको २७औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै घरेलु टोली लाइ खेलमा फर्काउन सफल बने । खेलको पहिलो हाफ २-१ अन्तरमा सक्किएको थियो ।
दोस्रो हाफको ५२ औ मिनेटमा विटोलोले घरेलु टोली एट्लेटिकोको लागि बराबरी गोल फर्काउन सफल रहे । खेलको अन्तिम मिनेटमा थोमस पार्टेले निर्णायक गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित गरे । 

एट्लेटिको २ खेलबाट ६ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ । ईबरमात्र एक अङ्क सहित रेलिगेसन जोनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x