धितोपत्र बजारमा दोहोरो अङ्ककाे गिरावट, नेप्से २०६५.८२ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ८९ अंकले घटेर २०६५ दशमलव ८२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव १२ अंकले घटेर ४०० दशमलव ३६ को विन्दुमा पुगेको छ ।


आज कूल २२८ कम्पनीका ४४ लाख ९ हजार ६९१ कित्ता शेयर रु १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्ये छ (६ ) उपसमूहको शेयर ओरालो लागेक छन् । विकास बैंक उपसमूह ११ दशमलव ९३ अङ्कले बढ्दा वित्त उपसमूह ३ दशमलव ३ अङ्कले, उत्पादन उपसमूह २१.०९ अङ्कले, अन्य उपसमूह १.५९ अङ्कले, लघुवित्त उपसमूह २२.६ अङ्कले र सामूहिक लगानी कोष शुन्य दशमलव ०४ अङ्कले बढेको छ ।

यता, बैंकिङ उपसमूह १९ दशमलव ०४ अङ्कले घट्दा ट्रेडिङ उपसमूह शुन्य दशमलव १२ अङ्कले, होटल तथा पर्यटन उपसमूह १.२४ अङ्कले, जलविद्युत उपसमूह ४.९९ अङ्कले, निर्जीवन बीमा ४९.५४ अङ्कले, जीवन बीमा १९८.३२ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव २१ अङ्कले घटेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x