सेभिल्ला विरुद्ध इबरको पुनरागमन जित

ज्ञानमाण्डू।स्पेनिस ला लिगा फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा सेभिया इबरसँग ३-२ गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा सेभियाले बनाएको दुई गोलको अग्रता पछ्याउँदै इबरले पुनरागमन जित निकालेको हो ।इबरको जितमा फावियन ओरेलाना, पेड्रो लियोन र जोसे एन्जलले एक एक गोल गरे । यता सेभिल्लाका लागि लुकास ओकाम्पस र ओलीभर टोेरेसले गोल गरेका थिए ।

खेलको ११औं मिनेटमा लुकासले गोल गर्दै पाहुना टोलीलाई खेलमा अग्रता दिलाएका थिए ।३३औं मिनेटमा सेभिल्लाका ओलीभरले गोल गरेपश्चात् घरेलु टोली विरुद्ध पाहुना टोलीले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो ।

तर,दोस्रो हाफमा ६६औं मिनेटमा फावियनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । खेलको ७७औं मिनेटमा पेड्रोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउन सफल भए । त्यस्तै, ८२औं मिनेटमा जोसेले गोल गर्दै घरेलु टोलीलाई ३–२ को अग्रता दिलाई इबरका लागि जित निकाले ।

जितसँगै इबर ६ खेलबाट ५ अङ्क जोडेर १६औं स्थानमा उक्लिएको छ भने सेभिल्ला १० अङ्कसहित सातौँ स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x