ज्ञानमाण्डू।बङ्गलादेशमा यसै साता सुरु हुने प्रथम एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल भलिबल सङ्घले थाइल्यान्ड भ्रमणमा फर्किएको भोलिपल्टै आज अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा कप्तान अरुणासँगै सरस्वती चौधरी, प्रतिभा माली, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् ।
१२ सदस्यीय नेपाली टोलीे बिहीबार बङ्गलादेश प्रस्थान गर्नेछ । सेन्ट्रल जोन भलिबल शुक्रवार सुरु हुँदैछ । सेन्ट्रल जोन भलिबलपछि नेपालले घरेलु मैदानमा साग खेल्नेछ ।