धितोपत्र बजारमा ८.०३ अंकको वृद्धि, नेप्से परिसूचक २२३९.६० को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८ दशमलव ०३ अंकले बढेर २२३९ दशमलव ६० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ३९ अंकले बढेर ४३६ दशमलव ४७ को विन्दुमा पुगेको छ ।


आज कूल २२२ कम्पनीका २३ लाख २४ हजार ६६५ कित्ता शेयर रु ८८ करोड ९८ लाख ३४ हजार ९०८ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य पाँच उपसमूहको शेयर ओरालो लागेका छन् । बैंकिङ उपसमूह १५ दशमलव ०२ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ७ दशमलव ४९ अङ्कले, निर्जीवन बीमा ७.४३ अङ्कले, उत्पादन उपसमूह २७.५५ अङ्कले, लघुवित्त उपसमूह ४.२९ अङ्कले, जीवन बीमा उपसमूह ८९.८८ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव १३ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १३ अङ्कले बढेका छन् । यता, होटल तथा पर्यटन उपसमूह २० दशमलव ९४ अङ्कले, विकास बैंक उपसमूह ७.३९ अङ्कले, जलविद्युत उपसमूह ४.३ अङ्कले, वित्त उपसमूह ३.६२ अङ्कले र अन्य उपसमूह १४.५९ अङ्कले घटेकाे छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x