लक्ष्मी बैंककाे नाफा ३२.६५ प्रतिशतले वृद्धि

ज्ञानमाण्डू। लक्ष्मी बैंकको नाफा ३२.६५ प्रतिशतले वृद्धि भएको छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ३० करोड ३० लाख नाफा कमाएको थियो भने अहिले ४० करोड १९ लाख नाफा कमाएको देखिन्छ । 

८ अर्ब ९२ कराेड ५ लाख ९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लक्ष्मी बैंकले ८२ अर्ब २० करोड ५७ लाख २ हजार रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब १९ करोड ८४ लाख ३४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) ४ अर्ब ९ कराेड ८० लाख ७ हजार रुपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १६.९९ प्रतिशतले वृद्धि भएर ८६ करोड ५७ लाख ९२ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात १.०४ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ९४ पैसा छ र मूल्य आम्दानी अनुपात ११.९३ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x