कुशे औंशी, बुबाको मुख हेर्ने दिन

ज्ञानमाण्डू। कुशे औंशी नेपाली समाजमा धेरै महत्त्व बाेकेकाे चाड हो जुन दिनलाई बुबाको मुख हेर्ने दिनको रूपमा पनि मनाइन्छ।

"स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि

करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने।"

हिन्दु धर्मावलम्बीहरूले कुशलाई नुहाउँदा,जप गर्दा, दान गर्दा, पूजापाठ, पितृ कार्य जस्ता कार्यहरूमा प्रयोग गर्ने हुँदा कुशलाई एक महत्त्वपूर्ण रूपमा लिइन्छ। वैदिक सनातन हिन्दु संस्कारअनुसार कुश एउटा अत्यन्तै महत्त्वपूर्ण सांस्कृतिक र धार्मिक भूमिका भएको पवित्र वनस्पति हो। यसलाई वैज्ञानिक तवरले पनि महत्त्वपूर्ण वनस्पति मानिन्छ। कुशको वैज्ञानिक नाम Eragrostic cynosuroides हो। एक वैज्ञानिक प्रयोगमा रकमुठि कुशलाई विकिरणहरू माझमा राख्दा कुशले सम्पूर्ण विकिरणहरूलाई विचलित गरेको थियो। कुश नेपालको तराई देखि पहाड सम्म सहजै पाइन्छ। यस वनस्पतिको जराबाट विभिन्न प्रकारका औषधिहरू पनि बनाइन्छ। कुश को पातहरू अलिक धारिलो हुन्छन्, धारिलो पात हुने भएको कारणले परापूर्व कालमा गुरुकुलमा अध्ययनरत शिष्यहरू मध्ये जसले हात नकाटेर कुशहरू जम्मा गर्न सक्छ उसलाई उत्कृष्ट र अब्बल शिष्य को रूपमा मान्ने गरिन्थ्यो भन्ने मान्यता पनि रहेको पाइन्छ।

कुशे औंशीलाई नेपाली हिन्दु धर्मावलम्बीहरूले बुबाको मुख हेर्ने दिनका रूपमा पनि मनाउने चलन छ। चाहे जुनसुकै धर्म, सम्प्रदाय, परम्परा मनाउने समुदाय होस्, बुबाको महत्त्व सबैतिर उतिकै रहेको पाइन्छ। हामीलाई पाइला चाल्न सिकाउने, हाम्रो खुसीको लागि दिन र रात नभनी खटिने, हाम्रो हरेक दुःख मा ढाल बनेर सुरक्षा दिन खटिने बुबाहरू प्रति सम्मान देखाउँदै कुशे औँसीको दिन बुबाको मुख हेर्ने दिनका रूपमा मनाइने प्रचलन छ। 

बुबा आमालाई सम्मान गर्नका निमित्त त हाम्रो पूरा जीवनकाल पनि कम हुने गर्दछ तर आजको दिनमा घर देखि विभिन्न परिस्थितिले गर्दा टाढा रहनु भएका सम्पूर्णले पनि समय मिलाएर आफ्नो बुवाको मुख हेर्न, उहाँहरूलाई सम्मान तथा माया गर्नका लागि समय निकाल्नु हुन्छ। सामान्यतया एक व्यक्तिले आफ्नो जीवनकालको आधा हिस्सा असल छोराछोरी बन्ने कोसिसमा बिताउँछ भने आधा हिस्सा असल बुवा आमा बन्ने कोसिसमा बिताउँछ। यस्ता संस्कार र चाडहरूले हाम्रो जिम्मेवारीलाई एकदमै सहज र सरल तरिकाले व्याख्या गरिदिएका छन्। 

आफ्ना छोरा छोरीहरूको लागि आफ्नो जीवन समर्पण गर्ने सम्पूर्ण बुबाहरू प्रति नमन ।

-कामना पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x