सुनको मूल्य यथावत, चाँदीको मूल्यमा भने वृद्धि


ज्ञानमाण्डू।लगातार ऒरालो लागेको सुनको मुल्य नेपाली बजारमा आज यथावत रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत २ गते, सोमबारका दिन छापावाला सुनको मूल्य तोलाको ८६ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँ तोकिएको छ ।

आइतबार चैत १ गतेका दिन छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


सोमबार सुनको मूल्यमा कुनै प्रकारको परिवर्तन नहुँदा चाँदीको मूल्यमा भने वृद्धि आएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा किनबेच हुँदैछ । आइतबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भएको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x