आज सम्म कायम शेयरधनीले मिर्मिरे लघुवित्त वित्तीय संस्थाकाे विशेष साधारण सभामा भाग लिन पाउने


ज्ञानमाण्डू। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ३१ गते विशेष साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार २४ गते एक दिनकाे लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा असार २३ गतेसम्म (आज सम्म) कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले विशेष साधारण सभा होटल सारथी, धुलिखेल नगरपालिका-८, काभ्रेपलाञ्चोकमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (Acquisition) गर्नेछ र कम्पनीले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा सम्पन्न प्रारम्भिक समझदारी पत्र, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन (Due Diligence Audit-DDA) तथा प्राप्ति सम्बन्धमा गठित संयुक्त प्राप्ति समिति र सञ्चालक समितिले गरेका निर्णय एवं सो सम्बन्धमा भएका काम कारबाही तथा खर्चलाई अनुमोदन गर्नेछ भने यस प्रयोजनको लागी गठित संयुक्त प्राप्ति समितिबाट नियुक्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कनकर्ता एम. आर. एशोसिएट्स (चार्टर्ड एकाउण्टेण्ट्स) को नियुक्ति तथा निजको पारिश्रमिकलाई अनुमोदन गर्ने कम्पनीले जनाएकाे छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने प्रयोजनका लागी मूल्याङ्कनकर्ताबाट चल-अचल सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गरि प्राप्त प्रतिवेदन (Due Diligence Audit-DDA) को आधारमा बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडको समायोजित शेयर मूल्यका गर्नेछ ।

यस कम्पनीले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात संस्थाको पूँजी संरचनामा हुने परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न थप शेयर (FPO) प्रिमियममा जारी गर्ने विषयलाई पनि दर्साउने छ।

सोही सभामा सभाले उल्लेखित प्रस्तावहरु बमोजिम प्रबन्धपत्र तथा विनियमावलीमा भएका संशोधन उपर नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x