धितोपत्र बजारमा १५.७१ अंकको वृद्धि, नेप्से परिसूचक २८५१.८८ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७१ अंकले बढेर २८५१ दशमलव ८८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ०४ अंकले बढेर ५३५ दशमलव ३१ को विन्दुमा पुगेको छ ।
आज कूल २२४ कम्पनीका ९५ लाख १२ हजार ५८० कित्ता शेयर रु ५ अर्ब ०२ करोड २० लाख १७ हजार १८० मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह तीन उपसमूहको शेयर ओरालो लागेका छन् । अन्य उपसमूह ५४ दशमलव १२ अङ्कले बढ्दा जलविद्युत उपसमूह ६ दशमलव ९१ अङ्कले, वित्त उपसमूह ८.९२ अङ्कले, निर्जीवन बीमा ७६.५ अङ्कले, सामूहिक लगानी कोष उपसमूह ०.०५ अङ्कले, विकास बैंक उपसमूह २६.१५ अङ्कले, ट्रेडिङ उपसमूह ७.५१ अङ्कले, जीवन बीमा उपसमूह १२४.९६ अङ्कले, उत्पादन उपसमूह ३४.८७ अङ्कले र लगानी उपसमूह  २.९२ अङ्कले बढेको छ। यता, होटल तथा पर्यटन उपसमूह ४.२७ अङ्कले, लघुवित्त उपसमूह ४.३९ अङ्कले र बैंकिङ उपसमूह ३.७८ अङ्कले घटेका छन् ।  



































































यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x