दुई लघुवित्त संस्था मर्जरमा जाने सहमति

ज्ञानमाण्डू।  नेपाल राष्ट्र बैंकको मर्जर विनियमावली, २०७३ चौथो संशोधन २०७५ बमोजिम कैलालीको धनगढीमा रहेको एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड र अछामको मंगलसेनमा रहेको रामारोशन लघुवित्त वित्तीय संस्थाले आफूहरू मर्जरमा जाने निर्णय गरेको कुरा जनाएका छन् । बुधबार काठमाडौंकाे एक कार्यक्रममा यी दुई संस्थाबीच मर्जरमा जाने सहमति भएको जनाइएकाे छ ।

मर्जर प्रक्रिया सम्पन्न गर्न लाग्ने खर्च दुवै संस्थाले समानरूपमा व्यहोर्ने तथा मर्जर प्रक्रियाका लागि शम्भुप्रसाद घिमिरे र राजेश बटालालाई जिम्मेवारी दिइएको कुरा एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले ज्ञानमाण्डूलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x