ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव २६ अंकले घटेर २०१७ दशमलव ४६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव ४० अंकले घटेर ३८६ दशमलव २४ को विन्दुमा पुगेको छ ।
आज कूल २१२ कम्पनीहरूका ३३ लाख २० हजार ५१२ कित्ता शेयर रु १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू घटेका छन् । बैंकिङ उपसमूह १५ दशमलव १७ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ५० दशमलव ३७ अङ्कले, होटल तथा पर्यटन उपसमूह ५८.६३ अङ्कले, विकास बैंक उपसमूह ७१.३५ अङ्कले, जलविद्युत उपसमूह ३५.७८ अङ्कले, वित्त उपसमूह २७.८ अङ्कले, निर्जीवन बीमा ३२.६५ अङ्कले, उत्पादन उपसमूह ११२.८९ अङ्कले, अन्य उपसमूह ३२.८२ अङ्कले, लघुवित्त उपसमूह ४८.८५ अङ्कले, जीवन बीमा उपसमूह १०९.६७ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव १७ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ८५ अङ्कले घटेका छन् ।