नेप्सेमा मङ्गलबार "८.५%, नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०८४" ऋणपत्र सूचीकृत



ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मङ्गलबार, चैत ३१ गतेका दिन नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको धान ऋणपत्र सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मङ्गलबार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको कुल ४० लाख इकाई बराबरको धान ऋणपत्र सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज मिति २०७७/१२/३१ का दिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड बीच "८.५%, नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०८४" ऋणपत्रको क्रम संख्या १ देखि ४०,००,००० सम्मको अंकित तथा चुक्ता मूल्य रु.१०००।- कायम भएको कुल ४०,००,००० कित्ता धान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको जानकारी दिएको छ ।

कम्पनीले सर्वसाधारण समक्ष आरविवि मर्चेन्ट बैकिङ लिमिटेड धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी मार्फत् ४०,००,००० थान डिवेन्चर सर्वसाधारणको लागि खुल्ला विकी आव्हान गरेको जानकारी दिएको छ ।

मिति २०७७/१२/३१ मा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार शुरु हुने नेप्सेले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x