१८ महिनाभित्रै भाटभटेनीको शाखा बागलुङमा

ज्ञानमाण्डू। बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक लगानी बहसमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले बागलुङमा भाटभटेनीको शाखा संचालनमा ल्याउने कुरा बताएका छन् ।

उनले जग्गा व्यवस्थापन भएमा १८ महिनाभित्रै भाटभटेनीको शाखा बागलुङमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । साथै उनले "राष्ट्रप्रति जिम्मेवार बनि कडा परिश्रम गर्नु" सफलताको सूत्र रहेको र यही सूत्रका आधारमा अघि बढ्ने हो भने जस्तोसुकै व्यवसाय सफल बन्नेमा शङ्का नरहेको कुरा बताउदै बागलुङ जिल्लाका उद्यमी र व्यवसायीलाई आम्दानी बढाउने उपायका बारेमा समेत जानकारी गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x