एभरेष्ट बैङ्कको नाफामा उलेख्य वृद्धि, वितरण योग्य मुनाफा २ अर्ब अधिक


ज्ञानमाण्डू। एभरेष्ट बैङ्कको नाफा ७२.९२ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा बैङ्कले ३३ कराेड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा बैंकले ५७ करोड ८८ लाख रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

८ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एभरेष्ट बैङ्कले १ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८ अर्ब ६२ करोड रुपैयाँ र संचित मुनाफा ३ अर्ब ११ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.७ प्रतिशतले बढेर १ अर्ब ९ करोड रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो आम्दानी १ अर्ब २ करोड रहेको थियो।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो मुनाफा १३ करोड ५९ लाख रहेको थियो।

बैंककाे निष्कृय कर्जा अनुपात ०.१३ प्रतिशत र प्रतिशेयर आम्दानी २५ रुपैयाँ ९२ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३४ रुपैयाँ ७३ पैसा र पछिल्लाे काराेबार मूल्य रू ६९१ काे आधारमा मूल्य आम्दानी अनुपात २६.६५ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x