माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा रुपन्देहिको योगिकुटी हाटबजारमा


ज्ञानमाण्डू।माछापुच्छ्रे बैंकले रुपन्देहि जिल्लाको तिलोत्तमा स्थित योगिकुुटी हाटबजारमा क्युआर कोड सेवा सुुरु गरेको जानकारी दिएको छ । बिहिबार नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालले उक्त स्थानमा क्युआर कोड सेवाको सुरुवात गर्नुभएको बैंकले जनाएको छ ।

क्युआर कोड सेवा सुरु भएसंगै उपभोक्ताले उक्त हाटबजारबाट आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम क्युुआर कोड बाट भुक्तानी गर्न सक्ने माछापुच्छ्रे बैंकले बताएको छ । 

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको कुरा माछापुच्छ्रे बैंकले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x