तिनाउ ५ पहिलो पुनःनिर्माण सम्पन्न वडा

ज्ञानमाण्डू।पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ जिल्लामै पहिलो पुनः निर्माण सम्पन्न वडा घोषणा भएको छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले वडालाई पाल्पा जिल्लामै पहिलो पुन निर्माण सम्पन्न वडा घोषणा गरेका छन् । 

वडामा ७५ घर पुनः निर्माणमा पहिचान भएको, ७२ जनाले सम्झौता गरेको तथा सम्झौता गरेकामध्ये तीन जनाले घर नबनाउने निर्णय गरेको र ६९ जनाले घर निर्माण सम्पन्न गरेका छन् । घर निर्माण सम्पन्न गरेका भूकम्प प्रभावितले रु तीन तीन लाख तीन किस्तामा बुझेकाले वडालाई आइतबार पुनः निर्माण सम्पन्न वडा घोषणा गरिएको पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ पाल्पाका प्रमुख अनन्त सुनारले जानकारी दिए । 

कार्यक्रममा कोल डाँडाका ६९ लाभग्राहीलाई पुनः निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गरिएको निर्माण प्राधिकरण पाल्पाका इन्जिनियर टीकाबहादुर थापाले बताए । पुनः निर्माण भूकम्प प्रतिरोधी तरिकाबाट सम्पन्न भएको इन्जिनियर थापाको भनाइ छ । विसं २०७२ को भूकम्पले कोल डाँडा, अर्चले, गोठादी, ज्यामिरे, चिदिपानी, झडेवालगायत क्षेत्रमा बढी क्षति पुर्‍याए पनि ती त्यहाँ पुनः निर्माणको काम नसकिएको र वडा नम्बर ५ मा मात्र सकिएकाले प्रथम भएको गाउँपालिकाले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x