प्रभु इन्स्योरेन्सले आज विशेष साधारण सभा गर्दै

 

ज्ञानमाण्डू। प्रभु इन्स्योरेन्स लिमिटेडले यही असार २८ गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले विशेष साधारण सभा अ प्रभु इन्स्योरेन्स लिमिटेडकाे केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स, तीनकुने, काठमाडौंमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

 

सभामा कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरूसँग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मुल्याङ्कन (Due Diligence Audit) गर्नकाे लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने र त्यसका साथै निजकाे पारिश्रमिक निर्धारण गर्न लगायतका मर्जर तथा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ।

 

कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार २० गते एक दिनको लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा असार १९ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x