प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ४२ हजार ३०० कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २०३ रुपैयाँ तोकेसँगै इच्छुक लगानीकर्ताहरूलाई सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न आग्रह गरेको छ।
यो लिलामीमा सहभागी हुन कम्तीमा २ करोड ८८ लाख ८६ हजार ९ सय रुपैयाँ बराबरको लगानी आवश्यक पर्ने कम्पनीले जनाएको छ।
लिलामीमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरू, सर्वसाधारण लगानीकर्ता, कम्पनी, सङ्घसंस्था तथा इच्छुक सबै पक्षले भाग लिन सक्नेछन्।
बोलपत्र फाराम असोज १९ गतेदेखि उपलब्ध हुनेछ भने पेस गर्ने अन्तिम म्याद असोज २२ गते तोकिएको छ। फाराम प्रभु क्यापिटल लिमिटेडको कमलादीस्थित कार्यालयबाट प्राप्त गर्न सकिनेछ र सोही कार्यालयमा बुझाउनुपर्नेछ।
प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता २०३ रुपैयाँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
