आइएमई लाइफको २ करोड ८६ लाख कित्ता शेयरको लकइन असार ३० मा खुल्ने

आईएमई लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारीहरू माग्यो | Gyanmandu |  Achieving Excellence Together
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक तथा कर्मचारी समूह अन्तर्गतको २ करोड ८६ लाख कित्ता शेयरको लकइन अवधि आगामी असार ३० गतेबाट समाप्त हुने भएको छ।

कम्पनीको अनुसार संस्थापक समूहको २ करोड ८० लाख कित्ता र कर्मचारी समूहको ६ लाख कित्ता शेयर तीन वर्षे लकइन अवधि पूरा गरी कारोबारका लागि खुला हुन लागेको हो।

लकइन अवधि समाप्त भएसँगै सम्बन्धित शेयरधनीहरूले आफ्नो शेयर दोस्रो बजारमा किनबेच गर्न सक्नेछन्। यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको नाममा रहेको शेयर भने प्रचलित नियमनअनुसार अझै रोक्का रहने व्यवस्था छ।

धितोपत्र सम्बन्धी नियमावलीअनुसार आइपिओ निष्कासन गरी सर्वसाधारणमा शेयर बाँडफाँड गरेको मितिबाट संस्थापक र कर्मचारी समूहको शेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

नेपाल धितोपत्र बोर्डमा कम्पनीको कुल ४ करोड कित्ता शेयर सूचीकृत रहेको छ। कम्पनीको शेयर रजिस्ट्रारको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x