प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले यही चैत्र १६ गते एक्काइसौँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र ०३ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा चैत्र ०२ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा दियालो लर्डस प्लाजा, वीरगन्ज, पर्सामा दिनको १२:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ३.३२५ प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस शेयर र रु.२० लाख ७५ हजार ७५३ रुपैयाँ ४३ पैसा नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।