स्वर्ण विजेता सम्मानित

ज्ञानमाण्डू।नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङ खेलमा स्वर्णपदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरिएको छ । 

साग अन्तर्गत बक्सिङ खेलमा नेपालले तीन स्वर्णपदक जितेको थियो । जसमा भूपेन्द्र थापामगर, सुनिल शाही र मुनि गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखे) का सदस्य सचिव रमेश सिलवाल, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलगायतले सम्मान गरेका हुन् । सम्मानस्वरुप खेलाडीहरूले जनही रु २५ हजार प्राप्त गरेका छन् । 

बेलायतमा बस्दै आउनुभएका पूर्व बक्सिङ खेलाडी कुश बस्नेतले सागमा स्वर्ण विजेतालाई सम्मान गर्न उक्त रकम नेपाल बक्सिङ सङ्घलाई पठाएको जनाइएको छ  । कार्यक्रममा बक्सिङका रजत र कांस्य पदक विजेतालाई सम्मान गरिएको थियो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x