पचास फिटे ‘सहकाले झरना’मा पर्यटकको घुइँचो

ज्ञानमाण्डू।झापाको अर्जुनधारामा वर्षौँदेखि ओझेलमा रहेको ‘सहकाले झरना’लाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा पहिचान गरिएपछि घुमफिरका लागि आउनेको भीड लाग्न थालेको छ । अर्जुनधारा नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यस क्षेत्रमा आउन पर्यटकलाई आग्रह गरेको छ । 

पूर्व पश्चिम लोक मार्गको बिर्तामोडबाट २० किलोमिटर उत्तर अर्जुनधारा नगरपालिका–२ मा रहेको यो झरना ५० फिट अग्लो छ । नयाँ पर्यटकीय स्थल भएको हुँदा यसअघि यहाँ स्थानीय खेताला गोठाला मात्र नुहाउन जाने गरेका थिए । अहिले झरनामा नुहाउन, हेर्न र फोटो खिचाउन टाढादेखि युवायुवती आउने गरेका छन् । 

प्राकृतिक रूपमा सुन्दर ठाउँमा रहेको यो झरना क्षेत्र इलामको रोङ गाउँपालिका, माई नगरपालिका र सूर्योदय नगरपालिकासँग सिमाना जोडिएको झापाको अर्जुनधारामा पर्दछ । पहाडको बस्ती नजिकै रहेको यो झरना हेर्दा र वरिपरिको गाउँ घुम्दा दिन बितेको पत्तै नहुने स्थानीय यलम्बर टाइम्स साप्ताहिकका सम्पादक दिपीन राई बताउँछन् । 

उनका अनुसार अचेल सो क्षेत्रमा पैदल, साइकल र गाडी रिजर्भ गरेर घुम्न जानेको घुइँचो लाग्ने गरेको छ । अर्जुनधारा, सुनखानी, सालबारी, साधुटारजस्ता धार्मिक तथा ऐतिहासिक स्थलमा आउने पर्यटक झरना पुग्ने रहरले सहकाले जाने गरेको हुँदा सरकारले त्यस क्षेत्रमा पर्यटकीय पूर्वाधार थप्नुपर्ने उनको सुझाव छ । 

पर्यटकका लागि आकर्षक एवं सुविधाजनक बनाउन अर्जुनधारा नगरपालिकाले झरना नजिकको साठीमुरे डाँडोमा श्रीकृष्ण मन्दिर र होमस्टे (घरबास) लगायतका संरचना बनाउने योजना अघि सारेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेल बताउँछन् । हाल साठीमुरेसम्म मोटर बाटो पुग्छ भने झरना क्षेत्र पुग्न केही समय पैदल यात्रा गर्नुपर्छ । 

सहकाले क्षेत्र एकदम सुन्दर, रमणीय र आकर्षक गन्तव्य रहेको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताएका छन् । बस्तीदेखि एक किलोमिटर टाढा पहाडको टुप्पाबाट छङ्छङ् गर्दै सहकाले झरनाको पानी टाङटिङ खोलामा बगेर मिसिने गरेको छ । झरनाको फेदको पानीमा तिते र असला प्रजातिका माछा पाइने गरेको छ । 

यो झरना नजिक पर्यटकलाई आकर्षण गर्ने गुफासमेत रहेको नगरप्रमुख रानाले जानकारी दिए । धेरै वर्षसम्म ओझेलमा परेको र अहिले आन्तरिक पर्यटक मात्र आउने जाने गरेको हुँदा बाह्य पर्यटकसमेत कसरी भित्र्याउन सकिन्छ भनेर नगरपालिकाले स्थानीयवासी, पर्यटनसँग सरोकार राख्ने संस्था र सञ्चार कर्मीसँग छलफल चलाइरहेको नगरप्रमुख रानाले बताए । 

झापामा शिवसताक्षी मन्दिरदेखि तीन किलोमिटर उत्तर इलामको सिमानामा समेत सताक्षी झरना छ । अब योसमेत गरी झापामा दुई वटा झरनासहितको पर्यटकीय गन्तव्य स्थल पहिचान भएका छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x