ब्याज आम्दानी घटेसँगै, आरएमडिसी लघुवित्तको नाफामा गिरावट

ज्ञानमाण्डू। आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १८.६८ प्रतिशतले घटेको छ। आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले २८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले २३ करोड २५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब ३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको आरएमडिसी लघुवित्तले ११ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै आरएमडिसी लघुवित्तले ३२ अर्ब ५९ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

आरएमडिसी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १२.२४ प्रतिशतले घटेर ४० करोड ३९ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.०५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ०३ पैसा छ र मूल्य आम्दानी अनुपात ६१.०६ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x