सुनको भाउमा आकर्षक वृद्धि, एकैदिन तोलामा ३ सय रुपैयाँ बढ्यो



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर २८ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात साेमबार मंसिर २७ गतेका दिन, छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मङ्गलबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x