पुषमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ५.५ प्रतिशत र अमेरिकी डलरमा ६.२ प्रतिशतले घट्यो



ज्ञानमाण्डू। केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्षको पुष सम्मको अवधिमा ५.५ प्रतिशतले घटेर जम्मा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ भने पुष महिनामा ७९ अर्ब ८७ कराेड रेमिटेन्स थप भित्रिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह ११.१ प्रतिशतले वृद्धि भएको थियो ।

नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको श्रावण महिनामा रेमिटेन्स आप्रवाह ७५ अर्ब ९६ करोड रुपैयाँ, भदौमा करिब ८० अर्बले थप भई १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँ, असोजमा करिब ८४ अर्बले थप भई २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ, कात्तिकमा करिब ७३ अर्बले थप भई ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ, मङ्सिरमा करिब ७६ अर्बले थप भई ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ र पुषमा करिब ७९ अर्ब ८७ कराेडले थप भई ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएता पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाहमा ५.५ प्रतिशतले कमी आएको तथ्याङ्कले देखाएको थियो ।

चालु आर्थिक वर्षको पुष अन्त्यसम्म आइपुग्दा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई १,६७,५१३ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८९.० प्रतिशतले घटेको थियो । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमान २९८.१ प्रतिशतले वृद्धि भई १,३०,२१२ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७५.५ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ४.९ प्रतिशतले कमी आई ५२३ अर्ब १ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो।

स्रोत: नेपाल राष्ट्र बैङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x