पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

ज्ञानमाण्डू।पश्चिमी न्यून चापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सोमबार फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यून चापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताए । “आज उक्त प्रणालीको प्रभावले पश्चिमी भूभाग सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ”, मौसमविद् बासीले भने । 

मौसमविद्का अनुसार यस वर्ष मौसमी प्रणालीको प्रभावले केही दिन मौसम खुला हुने र फेरि बदलीसहित वर्षा र हिमपात हुनेजस्ता अवस्था दोहोरिइरहेको छ । हाल देशको पश्चिमी भूभागमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहेको छ । 

तराईका भूभागमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको र त्यो अपराह्नपछि बिस्तारै हटेर जाने जनाइएको छ । राति देशका पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

बुधवार देशभर मौसम सामान्यतया सफा रहने र तराई भूभागमा हुस्सु कायमै रहने बताइएको छ । बिहीबार देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव पाँच डिग्री र अधिकतम १७ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस तीन दशमलव शून्य डिग्री सेल्सियसमा झरेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x