नवजात शिशु र आमा जोगाउन विशेष तालीम

ज्ञानमाण्डू।नवजात शिशु तथा मातृ मृत्युदर घटाउन स्वास्थ्य कर्मीलाई विशेष तालीम ‘मास्टर प्रशिक्षक कोर्ष’ दिइएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत ८० स्वास्थ्यकर्मीले चार दिने तालिम पुरा गरेका हुन । 

बच्चालाई निसास्सिँदो अवस्था तथा सुत्केरी अवस्थामा आमाको अत्यधिक रक्तस्रावले हुने मृत्युबाट जोगाउने ध्येयले राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, सफा सुनौलो नेपाल र ल्याटर–डे–च्यारिटिजको संयुक्त तत्वाधानमा यहाँ तालीम सञ्चालन गरिएको थियो । 

कर्णालीका १० जिल्लासहित दाङ, बाँके र बर्दियामा कार्यरत नर्स तथा अनमीले सो तालीम प्राप्त लिएको सफा सुनौलो नेपालका सचिव राकेश हमालले जानकारी दिए । सहभागीलाई सुत्केरी अवस्थामा आमा र बच्चाको स्वास्थ्य कसरी सुरक्षित गर्ने भन्ने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । 

कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष अमरबहादुर थापाले बच्चा र आमाको जीवन बचाउन तालीम लिएका स्वास्थ्य कर्मी प्रमुख आधार हुने बताए । उनले भनेका छन् , “आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन चिकित्सक एवं स्वास्थ्य कर्मीको महत्त्वपूर्ण भूमिका रहेको छ । यद्यपि रुढीवादी सोचमा परिवर्तन हुन नसकेसम्म यहाँका आमा र शिशुको मृत्युदर कमी ल्याउन अझ बढी चुनौती देखिन्छ ।” 

प्रदेशसभा सदस्य पद्मा खड्काले भौगोलिक विकटताका कारण पनि कर्णालीको स्वास्थ्य अवस्था सुधार ल्याउन समस्या भएको बताए । प्रमुख प्रशिक्षक डा माइकलले ‘मास्टर तालीम कोर्ष’ कर्णालीका लागि कोशे ढुङ्गा साबित हुने र तालीम लिएका स्वास्थ्य कर्मीबाट आमा तथा नवजात शिशु मृत्युदरमा कमी भएको उल्लेख गरे । ल्याटर–डे–च्यारिटिजका कन्ट्री डाइरेक्टर भोन्डेन वर्गले प्रशिक्षक कोर्ष प्राप्त गर्ने सबै स्वास्थ्य कर्मीलाई इमानदार एवं लगनशील भएर काम गर्नुका साथै प्रशिक्षक कोर्षबाट सिकेका कुरा अरूलाई सिकाउनसमेत आग्रह गरे । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स सिर्जना कार्कीले ‘मास्टर प्रशिक्षक कोर्ष’ चिकित्सक तथा स्वास्थ्य कर्मीका लागि उचित मार्ग निर्देशन हुने विचार राखिन् । कर्णालीको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआउँदा विगत तीन वर्षमा यहाँका १९५ महिला तथा गत वर्ष १४३ नवजात शिशुको मृत्यु भएको थियो । राष्ट्रिय औसतमा प्रतिएकहजार जीवित जन्ममा नवजात शिशु मृत्युदर २१ हुँदा कर्णालीमा २९ रहेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x