बागलुङ्ग जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त स्थानमा प्रभु बैंकद्वारा आर्थिक सहयोग

ज्ञानमाण्डू। आज मिति २०७७ आश्विन १५ गतेका दिन बागलङ्ग जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को  गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री श्री मा. किरण गुरु¨ र भौतिक योजना मन्त्री श्री मा. राम शरण बस्नेतबाट बिशेष निरिक्षण भएको छ ।

 

उक्त अवसरमा बाढी प्रभावित बोबा¨ वडा अन्तर्गतका स्थानियहरु संग वहा“हरुले प्रत्यक्ष भेटघाट गर्नुभयो ।  स्थानियहरुको समस्या बुझी शीघ्र उक्त ठाउँहरुमा केन्द्रिय बिद्युत प्रसारण लाईनको सेवा पु¥याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहिका लागि कार्यालय स्थापना गर्ने जानकारी पनि दिईयो । करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जल विद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन् ।

बुर्तिबा¨ बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिला मन्त्री र भौतिक योजना मन्त्रीले विशेष मन्तब्य राख्नु भएको थियो । उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचले बैंकको तर्फबाट नगरपालिकालाई वाढीपिडित उद्वार कोषमा रहने गरि रु. ५००,००० सहयोग प्रदान गर्नुभएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x