डोल्पाको एक गाउँमा अज्ञात रोगको महामारी

ज्ञानमाण्डू।त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाँउका बासिन्दा अज्ञात रोगका कारण थला परेका छन् । मुकुटेश्वर हिमालको फेदीमा रहेको उक्त गाँउमा अज्ञात रोगले ४० भन्दा धेरै गाउँका बासिन्दा थला परेका स्थानीय सुवास लामाले जानकारी दिए ।

“पैँतालीस घरधुरी भएको करेलीकाँडा गाँउमा अधिकांश रोगले थला परेको एक साता धेरै भइसक्यो, घरैपिच्छे बिरामी देखिन थालेका छन्”, लामाले भने , “एकपछि अर्को गरेर गाँउभरि नै रोग फैलिन लागिसक्यो, औषधि भने छैन ।” 

अज्ञात रोगका कारण साना बालबालिकादेखि वृद्धवृद्धासम्म सिकिस्तै बिरामी परेका छन् । गाँउबाट स्वास्थ्यचौकी टाढा भएकाले बिरामी नै हिँडेर पुग्ने अवस्था नभएको लामाले जानकारी दिए । उक्त रोगबाट ग्रसित बिरामीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिने गरेको स्थानीयले बताएका छन् ।

उक्त लक्षण देखिएका बिरामीसँगै बसेर कुरा गरेको केही समयपछि स्वस्थ व्यक्तिमा पनि ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिने गरेको अर्का स्थानीय विष्णु बुढाले बताए । “एकै घरका नौ जनासम्म बिरामी छन्, दैनिक जसो रोग फैलँदै छ, औषधि नभएकाले सबैले औषधि खान पाएका छैनन्” बुढाको भनाइ छ । 

उक्त लक्षण देखिएका बिरामी गाँउदेखि एक घण्टा समय लाग्ने त्रिपुराकोट बगरमा रहेका निजी क्लिनिकमा पनि उपचारका लागि आउने गरेका छन् । केही दिनयतादेखि करेलीकाँडा गाँउबाट मात्रै दैनिक जसो उपचार गर्न बिरामी आउने गरेका मनिष मेडिकलका सञ्चालक गोरबहादुर विकले जानकारी दिए । 

काठमाडौँबाट फर्केकाबाट फैलिएको आशङ्का:

काम विशेषले काठमाडौँ गएर गाउँ फर्केका व्यक्तिबाट रोग फैलिएको र एक घरमा दुई जनासम्म बिरामी परेका स्थानीय ताम्बा लामाले बताए । भर्खरै चिसो मौसमबाट गर्मी मौसम सुरु भएकाले रोग मौसमी फ्लुसमेत हुनसक्ने स्थानीय स्वास्थकर्मीको आशङ्का छ । 

अज्ञात रोगका कारण गाउँनै थला परेको खबर पाएपछि प्रहरी र स्वास्थकर्मीको टोली प्रकोप क्षेत्रमा गइरहेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ । स्थानीय जयबहादुर लामा र ताम्बा लामा निवेदन सहित गाँउमा स्वास्थ्यकर्मी औषधिसहित पठाउन माग गर्दै नगरपालिका कार्यालय पुगेका थिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x