सुन तोलाको ५०० ले बढ्यो

ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ५०० पुगेको छ । 

गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला रु ३०० ले बढेर छापावाला सुन प्रतितोला रु ७५ हजार ५०० र तेजाबी सुन प्रतितोला रु ७५ हजार २०० मा खरिद बिक्री भएको थियो । 

स्थानीय बजारमा चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले वृद्धि भएको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ९०० निर्धारण गरेको छ । माघमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । यसअघि गत पुस २३ गते छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० पुगेको थियो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x