रोजगारदातालाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आह्वान

ज्ञानमाण्डू । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ साल कार्तिक २५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै देहायको क्षेत्रका रोजगारदाताले देहायको मितिले तीन महिना भित्र सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनको लागि सामाजिक सुरक्षा कोषले तयार गरेको अनलाइन कम्प्यूटर प्रणलि मार्फत निवेदन दिन सूचित गरेको छ र

(क) काठमाडौ उपत्यका भित्रका रोजगारदाता र सबै श्रमिक आपूर्तिकर्ताले २०७५ साल मंसिर ६ गतेको मितिले,
(ख) काठमाडौ उपत्यका बाहेक प्रदेश नंं. ३ को अन्य स्थानका रोजगारदाताले २०७५ साल मंसिर १५ गतेको मितिले,
(ग) प्रदेश नंं. १ का रोजगारदाताले २०७५ साल पुस १ गतेको मितिले,
(घ) प्रदेश नंं. २ का रोजगारदाताले २०७५ साल पुस १५ गतेको मितिले,
(ङ) गण्डकी प्रदेश र प्रदेश नंं.  ५ का रोजगारदाताले २०७५ साल माघ १ गतेको मितिले,
(च) कर्णाली र सुदुरपश्चिम प्रदेशका रोजगारदाताले २०७५ साल माघ १५ गतेको मितिले,
माथि उल्लेख भए बमोजिम रोजगारदाता सूचिकरण भएको मितिले तीन महिना भित्र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा २० बमोजिम रोजगारदाताले आफुले नियुक्त गरेको वा रोजगार सम्बन्ध कायम गरेको ब्यक्तिलाई सूचिकरण गराउन पर्ने कुरा समेत सुचनामा जनाइएको छ ।

सुचना हेर्न  यहाँ क्लिक गर्नुहोस् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x