इन्फिनिटी लघुवित्तमा राेजगारीकाे अवसर




Click here to join Gyanmandu.com's Viber Community

ज्ञानमाण्डू। गैंडाकोट नगरपालिका वडा नं.२,कालिगण्डकीचोक, नवलपरासी (बसु पू) मा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट “घ” बर्गको इजाजत प्राप्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले स्थापना भएको छोटो समयमै नेपालका ४७ जिल्लामा ८७ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुका लागि मेहनती, इमान्दार, अनुभवी कर्मचारीहरुको आवश्यकता भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट तपशिल बमोजिमका पदहरुको लागि सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र निम्न ठेगानामा आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ। 

बिज्ञापन नं.: ९/०७८/०७९ 

पद : कनिष्ठ अधिकृत /अधिकृत 

श्रेणी : अधिकृत 

संख्या : केही 

न्यूनतम शैक्षिक योग्यता : कनिष्ठ अधिकृत को लागी कम्तिमा स्नातक वा सो सरहको परिक्षा उत्तीर्ण गरि बैंक तथा वित्तीय संस्थामा कम्तिमा ३ वर्ष काम गरेको वा स्नातकोत्तर तह उत्तीर्ण गरि बैंक तथा वित्तीय संस्थामा कम्तिमा २ वर्ष काम गरेको वा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ५ वर्ष काम गरेको हुनु पर्नेछ वा सेमि क्वालिफाइड सिए वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लेखापरिक्षण फर्ममा काम गरेको वा संघ संस्थामा काम गरेको अनुभव हुनु पर्नेछ । कनिष्ठ अधिकृतलाई निजको योग्यता र अनुभवको आधारमा शाखा कार्यालय, अनुगमन कार्यालय वा केन्द्रीय कार्यालयमा काम गर्नु पर्नेछ। आन्तरिक लेखापरीक्षण, अनुगमन तथा सुपरिवेक्षण सम्बन्धी अनभव भएकालाई प्राथमिकता दिइनेछ । अधिकृत पदको लागि कम्तिमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ५ वर्ष काम गरेको वा कुनै पनि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा कम्तिमा १ वर्ष काम गरेको वा अधिकृत पदको लागि चार्टड एकाउन्टेन्ट्स (सिए) पास भएको वा कानून विषयमा स्नातक तह उतीर्ण गरी अधिवक्ताको प्रमाण पत्र प्राप्त गरेको वा प्रवीणता प्रमाणपत्र (१०+२) वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैक तथा वित्तीय संस्थामा कम्तिमा ९ वर्ष काम गरेको अनुभव हुनपर्नेछ । कानुनी परामर्श सेवा, वित्त, आन्तरिक लेखापरीक्षण र अनुगमन तथा सुपरिवेक्षण सम्बन्धी अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ ।

Click here to join Gyanmandu.com's Viber Community

बिज्ञापन नं.: १०/०७८/०७९ 

पद : सहायक/बरिष्ठ सहायक 

श्रेणी : सहायक 

संख्या : केही 

न्यूनतम शैक्षिक योग्यता : सहायक पदको लागि कम्तिमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परिक्षा उत्तीर्ण गरेको गरी लघुवित्त क्षेत्रमा कम्तिमा एक बर्ष काम गरेको हुनुपर्नेछ । वरिष्ठ सहायक पदको लागि स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्तमा कम्तीमा १ वर्ष काम गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्तमा कम्तिमा २ वर्ष काम गरेको हुनु पर्ने छ । 

परिक्षाको किसिम : मौखिक अन्तर्वार्ता । 

उमेरको हद : अधिकृत र सहायक श्रेणीको लागि २१ वर्ष पुरा भई ४० बर्ष ननाघेको । (महिलाको हकमा उमेरको हदमा पाँच वर्ष थप हुनेछ । 

कामको प्रकृति : संस्थाका शाखाहरुमा पहाड तथा तराईका दुर्गम ग्रामीण क्षेत्रका विपन्न वर्गमा गई समूह परिचालन, कर्जा लगानी तथा असूली, बचत संकलन एवम् कर्जाको विश्लेषण र सदुपयोगिता निरिक्षण तथा संकलित बचत तथा असुल भएको कर्जा किस्ताको लेखाङ्कन गर्ने आदि कामहरू गर्नुपर्नेछ । विभिन्न क्षेत्रमा रही कानुनी परामर्श सम्बन्धि कार्य, अनुगमन तथा सुपरीवेक्षण आन्तरिक लेखा परीक्षण तथा लेखा सम्बन्धी कार्य गर्नु पर्नेछ । वित्तीय संस्थाको नियमानुसार परीक्षणकालमा रहनेगरी नियुक्ती दिइनेछ । 

तलव, भत्ता तथा अन्य सुविधाहरु : वित्तीय संस्थाको नियमानुसार हुनेछ। 

Click here to join Gyanmandu.com's Viber Community

आवेदन पठाउने ठेगाना : यस वित्तीय संस्थाको वेभ साइड www.infinitylbsl.com.np मा Career भित्र गई Online Application बाट दरखास्त दिन सकिनेछ । दरखास्त आवेदन सगै आफ्नो बायोडाटा, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणपत्रहरु सम्लग्न गरी आवेदन पठाउन सकिनेछ । रितपूर्वक तोकिएको समयभित्र प्राप्त सबै आवेदन उपर छानबिन गरी छोटो सूचीमा परेका उमेदवारहरुलाई मात्र अन्तवार्ताको लागि सम्पर्क गरिनेछ । अन्य जानकारी संस्थाको वेभसाइट www.infinitylbsl.com.np बाट प्राप्त गर्न सकिनेछ। 

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि. 

केन्द्रीय कार्यालय गैडाकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)  

फोनः ०७८-५०३३०१, ५०३१४४, 

इमेल: [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x