ज्ञानमाण्डू। सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । आज एक कार्यक्रममा बैंकका तर्फबाट सिभिल बैंकका प्रदेश नं १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेकाे बैंकले जनाएकाे छ ।
उक्त सम्झौता अनुसार ग्राहकहरुले ओ.पि.डि, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १०% छुट पाउने ब्यबस्था रहेकाे बैंकले जनाएकाे छ । यसका साथै आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसँग पनि यस्ता सम्झौताहरु गर्दै जाने बिराटनगर शाखाका प्रवन्धक प्रशान्त कार्कीले जनाएकाे छ ।
सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले हालसम्म करीव रु. ९५ अर्व निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे बैंकले जनाएकाे छ ।
सिभिल बैंकका ग्राहकलाइ बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%