नबिल बैङ्कको नाफा २ अर्ब माथि, प्रतिशेयर आम्दानी कति ? | Nabil Bank

nabil
ज्ञानमाण्डू। नबिल बैङ्कको नाफा ८.२० प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले २ अर्ब १ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दाेस्राे त्रैमास सम्ममा बैंकले २ अर्ब १८ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१८ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कले २ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १४ अर्ब ६२ करोड रुपैयाँ र संचित मुनाफा ९६ कराेड २० लाख रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३५.१३ प्रतिशतले बढेर ४ अर्ब २१ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ४५ कराेड रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.११ प्रतिशत र प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा र पछिल्लाे काराेबार मूल्य रू ११७८ काे आधारमा मूल्य आम्दानी अनुपात ४९.९४ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x