ज्ञानमाण्डू। २७ वटा वाणिज्य बैङ्कहरूले आर्थिक वर्ष २०७८/७९ को तेस्राे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। ती मध्ये सर्वाधिक नाफा कमाउन सफल ग्लोबल आइएमई बैङ्क, एनआईसी एशिया बैङ्क र नबिल बैङ्क गरी ३ अर्ब माथि नाफा कमाएका ३ वटा वाणिज्य बैंकहरुलाई तेस्राे त्रैमासको वित्तीय विवरणका आधारमा तुलना गर्ने प्रयास गरिएको छ ।
चुक्ता पुँजी: ग्लोबल आइएमई बैंकको सबै भन्दा बढि २३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने नबिल बैंककाे १८ अर्ब ४९ करोड रुपैयाँ र एनआईसी एशिया बैंककाे ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
निक्षेप संकलन: २ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एनआईसी एशिया बैंक अगाडि रहेको छ भने ग्लोबल आइएमई बैंकले २ खर्ब ६९ अर्ब रुपैयाँ र नबिल बैंकले २ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
कर्जा लगानी: नबिल बैंकले २ खर्ब २१ अर्ब रुपैयाँ र एनआईसी एशिया बैंकले २ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् भने ग्लोबल आइएमई बैंकले २ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गर्दै कर्जा लगानीमा अघि रहेको छ ।
खुद ब्याज आम्दानी: एनआईसी एशिया बैंकले व्यवसाय विस्तारबाट ग्लोबल आइएमई बैंक र नबिल बैंकले भन्दा बढि खुद ब्याज आम्दानी गरेको छ। एनआईसी एशिया बैंकले ८ अर्ब २५ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ७ अर्ब ४३ करोड रुपैयाँ र नबिल बैंकले ६ अर्ब ५९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
नाफा: ग्लोबल आइएमई बैंकले सबै भन्दा बढि ३ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाउन सफल भएकाे छ भने एनआईसी एशिया बैंकले ३ अर्ब ६० करोड रुपैयाँ र नबिल बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
जगेडा कोष: नबिल बैंकको जगेडा कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंकको ९ अर्ब ८४ करोड रुपैयाँ र एनआईसी एशिया बैंकको ९ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।
संचित मुनाफा: एनआईसी एशिया बैंकको संचित मुनाफा २ अर्ब ९८ कराेड रुपैयाँ रहेको छ भने नबिल बैंककाे संचित मुनाफा २ अर्ब १६ कराेड रुपैयाँ र ग्लोबल आइएमई बैंकको १ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।
वितरण याेग्य मुनाफा: नबिल बैंककाे सबै भन्दा बढि २ अर्ब १६ कराेड रुपैयाँ वितरण याेग्य मुनाफा रहेको छ भने ग्लोबल आइएमई बैंकको १ अर्ब ९१ कराेड रुपैयाँ र एनआईसी एशिया बैंककाे १ अर्ब ३८ करोड रुपैयाँ वितरण याेग्य मुनाफा रहेको छ ।
निस्क्रिय कर्जा: एनआईसी एशिया बैंकको निस्क्रिय कर्जा सबै भन्दा कम ० दशमलव ५१ प्रतिशत देखिन्छ भने नबिल बैंकको १ दशमलव १४ प्रतिशत र ग्लोबल आइएमई बैंकको १ दशमलव ४५ प्रतिशत निस्क्रिय कर्जा देखिन्छ ।
प्रति शेयर आम्दानी: ग्लोबल आइएमई बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ ८८ पैसा र नबिल बैंककाे प्रति शेयर आम्दानी २४ रुपैयाँ १६ पैसा रहेकाे छ भने एनआईसी एशिया बैंक प्रति शेयर आम्दानी ४१ रुपैयाँ ९४ पैसा सहित अघि छ ।
मूल्य आम्दानी अनुपात: पछिल्लाे काराेबार मूल्य ग्लोबल आइएमई बैंकको रू २९६.१०, एनआईसी एशिया बैंकको रू ७५३.२० र नबिल बैंकको रू ९३९.७० काे आधारमा ग्लोबल आइएमई बैंकको मूल्य आम्दानी अनुपात १४.१८ गुणा र एनआईसी एशिया बैंकको १७.९६ गुणा छ भने नबिल बैंकको मूल्य आम्दानी अनुपात ३८.८९ गुणा रहेकाे छ ।
डिस्क्लेमर: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।