धितोपत्र बजारमा ४.८९ अंकको वृद्धि, नेप्से परिसूचक २०५०.५९ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ८९ अंकले बढेर २०५० दशमलव ५९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ० दशमलव ९७ अंकले बढेर ३९२ दशमलव ५० को विन्दुमा पुगेको छ ।

आज कूल २१५ कम्पनीका ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर रु १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये पाच उपसमूहको शेयर ऒरालो लागेको छ । विकास बैंक उपसमूह ५ दशमलव ३५ अङ्कले बढ्दा वित्त उपसमूह ३१ दशमलव ३६ अङ्कले, निर्जीवन बीमा ५६.१९ अङ्कले, उत्पादन उपसमूह ६३.४२ अङ्कले, अन्य उपसमूह १७.२३ अङ्कले, लघुवित्त उपसमूह ७.९९ अङ्कले, सामूहिक लगनी कोष शुन्य दशमलव ०२ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ४८ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह शुन्य दशमलव ६२ अङ्कले घट्दा ट्रेडिङ उपसमूह १२ दशमलव १७ अङ्कले, होटल तथा पर्यटन उपसमूह ९.७५ अङ्कले, जलविद्युत उपसमूह १२.६२ अङ्कले र जीवन बीमा २८.२२ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x