खानेपानी आयोजनाले ल्यायो खुशी

ज्ञानमाण्डू।घण्टौँ लगाएर खानेपानीको जोहो गर्दै आएका गल्याङ नगरपालिका–९ स्थित बेलचौर, पाखीचौर र जामुनेका स्थानीय बासिन्दा ‘एक घर एक धारा’ अभियानले खुसी भएका छन् । पहिले एक घण्टा लगाएर एक गाग्री पानी ल्याउने गरेका यहाँका बासिँदा अहिले घरमै धारा जडान भएपछि धेरै सजिलो भएको बताउँछन् । 

बेलचौरकी हीरा खनालले भनेकी छिन् , “पहिला खानेपानी लिनको लागि गाउँदेखि तल रहेको धुवादी कुवामा जानुपर्थ्यो अहिले घरमै पानीको धारा आएपछि निकै खुसी लागेको छ ।” पानीको सुविधा भएपछि उनले करेसाबारीमा बन्दागोभी, मुला, साग, लसुन, प्याजलगायतका तरकारी खेतीसमेत सुरु गरेकी छिन् । 

अर्की स्थानीयवासी देवकी खनाल पनि घरमै पानीको धारा आएपछि दङ्ग परेको बताउँछिन् । पानीको अभावमा कुवार खोला चहार्दै हिँडेको सम्झँदै खनालले भनेकी छिन् , ‘‘खानेपानी आयोजनाले हाम्रो जीवनमा धेरै परिवर्तन ल्याएको महसुस गरेका छौँ । पहिला पानीकै कारणले मेलापालसँगै अन्य काम भ्याउन कठिन थियो । अहिले घरको कामसँगै समय निकालेर तरकारी लगाउन थालेका छौँ ।’’ 

बेलचौर लिफ्टिङ खानेपानी आयोजनाका उपभोक्ता समितिका अध्यक्ष निमप्रसाद खनालले रु दुई करोड २० लाखको लागतमा आयोजनाको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । सो आयोजनाको लागि गल्याङ नगरपालिकाले रु २० लाख, गण्डकी प्रदेश सरकारले रु एक करोड ७० लाख र उपभोक्ताबाट रु ३० लाख बराबरको जनश्रमदान गरी कुल रु दुई करोड २० लाखको लागतमा योजना सम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ । 

कालीगण्डकी नदीको किनारबाट करिब २४० मिटरको उचाइमा पानी तानेर एक लाख लिटरको ट्याङ्की निर्माण गरी त्यसबाट १३५ घरधुरीमा धारा वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष खनालले बताए । गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले पानीको समस्या भएका वडामा प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर खानेपानीको सुविधा उपलब्ध गराइने थप उल्लेख गरे ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x